खेलकूद
बार्सिलोना युरोपा लीग फूटबलको अन्तिम १६ मा प्रवेश
२०७८ फागुन १३ गते ८:२६
![बार्सिलोना युरोपा लीग फूटबलको अन्तिम १६ मा प्रवेश](https://www.himalayatv.com/wp-content/uploads/2022/02/Barcelona-2.jpg)
१३ फागुन २०७८ काठमाडौं । बार्सिलोना युरोपा लीग फूटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
३२औं चरणको दोस्रो लेगमा नापोलीलाई ४–२ ले पराजित गर्दै समग्रमा ५–३ को नतिजासहित बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का पारेको हो ।
अवे मैदानमा आठौं मिनेटमै जोर्डी अल्बाको गोलबाट बार्सिलोनाले अग्रता बनायो । लगत्तै १३औं मिनेटमा डी जोङले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए ।
२३औं मिनेटमा नापोलीका लोरेञ्जो इन्सिग्नेले एक गोल फर्काए । त्यसपछि बार्सिलोनाका लागि ४५औं मिनेटमा जेरार्ड पिक्यु र ५९औं मिनेटमा पिएरी एम्रिक अउबामेयाङले एक(एक गोल थपे ।
८७औं मिनेटमा नापोलीका माट्टेओ पोलिटानोले गोल गरेपछि बार्सिलोना ४(२ ले विजयी भएको हो ।
प्रतिक्रिया