खेलकूद

ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ फागुन १३ गते ७:५५
ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

१३ फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।

१३औं चरणअन्तर्गत दशरथ रंगशालमा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । जावलाखेल १३ अंकका साथ दशौं स्थानमा रहँदा १५ अंक जोडेको संकटा सातौं स्थानमा छ । खेल दिउँसो एक बजे शुरू हुनेछ ।

उता अर्को खेलमा बिग्रेड ब्वाइज क्लब र थ्री स्टार क्लब आमनेसामना हुनेछन् । बिग्रेड ब्वाइज रेलिगेसनमा पर्दै बी डिभिजन लीगमा झरेको टोली हो ।

उता १८ अंक जोड्दै थ्री स्टार छैटौ स्थानमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो एक बजे नै शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्