खेलकूद

प्रिमियर लीग फूटबलमा लिभरपुल, क्रिष्टल प्यालेस र बर्नली विजयी

हिमालय टिभी
२०७८ फागुन १२ गते ७:३३
प्रिमियर लीग फूटबलमा लिभरपुल, क्रिष्टल प्यालेस र बर्नली विजयी

१२ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल, क्रिष्टल प्यालेस र बर्नली विजयी भएका छन् ।

प्रिमियर लीगमा गएराति लिभरपुलले लिड्स युनाइटेडमाथि ६–० गोलको फराकिलो जित निकालेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा मोहमेद सलाह र साडियो मानेले दुई-दुई गोल गर्दा जोयल माटीप र भिर्गिल भान डिकले एक-एक गोल गरे ।

जितसँगै दोस्रो स्थानको लिभरपुलले २६ खेलबाट ६० अंक जोडेको छ । समान खेलबाट शीर्ष स्थानको म्यानचेष्टर सिटीको ६३ अंक छ ।

यस्तै अन्य खेलमा क्रिष्टल प्यालेसले वाटफोर्डलाई ४–१ र बर्नलीले टोटनह्यामलाई १–० ले हराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्