खेलकूद

विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि आज नेपाल र ओमान भिड्दै

हिमालय टिभी
२०७८ फागुन १२ गते ७:२५
विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि आज नेपाल र ओमान भिड्दै

१२ फागुन २०७८ काठमाडौं । आईसीसी पुरुष ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोट ए मा तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनलमा पराजित दुबै टोली आज तेस्रो स्थानका लागि भिड्न लागेका हुन् । सेमिफाइनलमा युएईले नेपाललाई र आयरल्याण्डले ओमानलाई पराजित गरेका थिए ।

विश्वकपमा स्थान बनाउन असफल भएपनि नेपाल आज तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा रहनेछ । ओमानको अल अमेरातमा मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरू हुनेछ ।

यस्तै आजै पाँचौ र सातौं स्थानका लागि पनि खेल हुनेछन् । आजै हुने फाइनलमा युएई र आयरल्याण्ड भिड्ने छन् ।

फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलियामा हुने विश्वकपका लागि समेत छनोट भैसकेका छन् । ग्लोबल छनोटको हिमालय टेलिभिजन एचडीले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्