खेलकूद

च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को खेलमा चेल्सी विजयी

हिमालय टिभी
२०७८ फागुन ११ गते ८:०९
च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को खेलमा चेल्सी विजयी

११ फागुन २०७८ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को खेलमा चेल्सी विजयी भएको छ ।

पहिलो लेगअन्तर्गत इंग्लिस क्लब चेल्सीले फ्रान्सेली क्लब लिलेमाथि २–० को जित निकालेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीको जितमा काई हाभर्ट्ज र क्रिष्टियन पुलिसिकले गोल गरे ।

हाभर्ट्जले आठौं मिनेटमै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६३औं मिनेटमा पुलिसिकले चेल्सीको अग्रता दोब्बर बनाएका थिए । लिलेको मैदानमा दोस्रो लेगको खेल मार्च १७ तारिखमा हुनेछ।

यस्तै अर्को खेलमा स्पेनिस क्लब भिल्लारियाल र इटालियन क्लब युभेन्ट्सले १–१ गोलको बराबरी खेले । अवे मैदानमा युभेन्ट्सका लागि डुसान भ्लाहोभिकले खेलको पहिलो हाफमै गोल गरेका थिए ।

उनले खेल शुरू भएको ३२ सेकेण्डले गोल गर्दै च्याम्पियन्स लीगमा डेब्यु गर्ने खेलाडी मध्ये सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाए । तर ६६ औं मिनेटमा भिल्लारियालका डानी परेजोले गोल गर्दै खेल बराबरी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्