खेलकूद

ए डिभिजन लीग फूटबलमा आज अन्तिम दुई खेल हुँदै

हिमालय टिभी
२०७८ फागुन १० गते ७:३७
ए डिभिजन लीग फूटबलमा आज अन्तिम दुई खेल हुँदै

१० फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबल प्रतियोगिता आज सकिँदैछ ।

१२औं चरणको अन्तिम खेलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विभागीय डर्बी अन्तर्गत नेपाल पुलिस क्लब र एपीएफ फूटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस ११ अंकसहित तालिकाको एघारौं स्थानमा रहँदा १४ अंक जोडेको एपीएफ आठौं स्थानमा छ । दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ । ्

उता आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले खेल्नेछन् । १९ अंक जोडेको आर्मी आज शीर्ष दुईमा पुग्ने लक्ष्यसहित मैदान ओर्लने छ । संकटा भने १५ अंकका साथ सातौ स्थानमा छ ।

दशरथ रंगशालामै खेल अपरान्ह पौने ५ बजे शुरू हुनेछ । लीगको उपाधि भने साविक विजेता मछिन्द्र क्लबले दुई खेल अगावै जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्