खेलकूद

सहिद स्माकर ए डिभिजन लीग : बिग्रेड ब्वाइज रेलिगेशनमा

हिमालय टिभी
२०७८ फागुन ९ गते १७:४५
सहिद स्माकर ए डिभिजन लीग : बिग्रेड ब्वाइज रेलिगेशनमा

९ फागुन २०७८ काठमाडौं । ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबलबाट रेलिगेशनमा परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ क्लब रेलिगेशनमा परिसकेको छ ।

त्यसैगरी ब्रिगेड ब्वाइज तेस्रोपटक रेलिगेशनमा परेको हो । यसअघि २०६३ र २०६८ सालमा रेलिगेशनमा परेको थियो । सातदोबाटोको जीतमा सुशील राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले एक–एक गोल गरे ।

ब्रिगेडका लागि भने बेर्टरान्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक–एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए तर खेलको १६औँ मिनेटमा ब्रिगेड ब्वाइका बेर्टरान्डले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको १८औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । खेलको ५१औँ मिनेटमा ब्रिगेड ब्वाइजका रोशनले गोल गर्दै खेललाई २–२ गोलको स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८७औँ मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को जीत दिलाए । यस जीतसँगै सातदोबाटोले १२ खेलमा १८ अङ्क जोडेको छ । सातदोबाटो पाँचाँै स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ब्वाइज १२ खेलमा ७ अङ्क जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्