खेलकूद
ए डिभिजन लीग फूटबलमा आज एक मात्र खेल हुने
२०७८ फागुन ९ गते ८:१७

९ फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे शुरु हुनेछ ।
रेलिगेसनबाट जोगिन ब्रिगेडलाई आजको खेल जित्नैपर्ने दबाब छ ।ब्रिगेड ११ खेलबाट ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । सातदोबाटो ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ ।
ब्रिगेडलाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ । यो सिजनको लीगको उपाधि मछिन्द्रले जितिसकेको छ। च्यासल रेलिगेसनमा परेको छ ।
प्रतिक्रिया