खेलकूद

प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी टोटेनह्यामसँग पराजित

हिमालय टिभी
२०७८ फागुन ८ गते ८:३८
प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी टोटेनह्यामसँग पराजित

८ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको पराजित भएको छ ।

लीगअन्तर्गत गएराति टोटेनह्यामले सिटीलाई ३–२ ले स्तब्ध बनाएको हो । सिटीको घरेलु मैदान इतिहाद रंगशालामा टोटेनह्यामले खेलको चौथो मिनेटमै डिजेन कुलुसेवस्कीको गोलबाट अग्रता बनाएको थियो । ३३ औं मिनेटमा सिटीका इल्के गुण्डोगानले गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि टोटेनह्यामका ह्यारी केनले ५९औं र सिटीका रियाद महरेजले इञ्जुरी समयमा गोल गरेपछि खेल २–२ को स्थितीमा पुग्यो । तर इञ्जुरी समयको अन्तिम समयमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनह्याम ३(२ ले विजयी भएको हो ।

जितपछि २३ खेलबाट ३९औं जोड्दै टोटेनह्याम सातौ स्थानमा उक्लिएको छ । सिटी भने २६ खेलबाट ६३ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

लीग अन्तर्गत नै दोस्रो स्थानको लिभरपुलले नर्विच सिटीलाई ३–१ तथा तेस्रो स्थानको चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हराए । त्यस्तै आर्सनलले ब्रेन्टफोर्डलाई २–१, बर्नलीले ब्राइटनलाई ३–०, साउथह्याम्टनले एभर्टनलाई २–० र वाटफोर्डले एष्टन भिल्लालाई १–० ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्