खेलकूद
ला लिगा फूटबलमा शीर्ष स्थानको रियल मड्रिड विजयी
२०७८ फागुन ८ गते ८:२७
८ फागुन २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ ।
ला लिगाअन्तर्गत गएराति रियलले अलाभेसमाथि ३–० को जित निकालेको हो । घरेलु मैदानमा रियलका लागि मार्को एसेन्सिओ, भिनिसिअस जुनिअर र करिम बेञ्जिमाले एक(एक गोल गरे ।
एसेन्सिओले ६३औं तथा भिनिसिअसले ८० औं मिनेटमा गोल गरेका थिए । त्यसपछि इञ्जुरी समयमा बेञ्जिमाले गोल थप्दै रियललाई ३–० को जित दिलाए । जितपछि रियलले आफ्नो अग्रता सात अंकले बढाएको छ ।
रियलले २५ खेलबाट ५७ अंक जोड्दा एक खेल कम खेलेको दोस्रो स्थानको सेभियाको ५० अंक छ ।
ला लिगामै गएराति भिल्लारियलले ग्रानाडालाई ४–१, एट्लेटिको मड्रिडले ओसासुनालाई ३–० ले पराजित गर्दा कार्डिज र गेटाफे ११ गोलको बराबरीमा रोकिए ।
प्रतिक्रिया