खेलकूद
ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै
२०७८ फागुन ८ गते ८:१७
८ फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमामा आज दुई खेल हुँदैछन् ।
१२औं चरणअन्तर्गत आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्या क्लबले प्रतिस्पर्धा गर्नेछन् । फ्रेण्ड्स रेलिगेशन जोनभन्दा एक स्थान माथि रहेको टोली हो भने च्यासल तालिकाको पुछारमा छ ।
जावलाखेल १० अंकसहित तालिकाको एघारौं स्थानमा रहँदा १३ अंक रहेको हिमालयन नवौं स्थानमा छ । दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।
उता आजै हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्यू रोड टीम एनआरटी आमने सामना हुनेछन् । दोस्रो स्थानको मनाङको २० अंक छ ।
एनआरटी भने १७ अंकसहित पाँचौ स्थानमा छ । दशरथ रंगशालामै खेल साँझ पौने ५ बजे शुरू हुनेछ ।
प्रतिक्रिया