खेलकूद

अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने कुशल भुर्तेल तेस्रो नेपाली खेलाडी

हिमालय टिभी
२०७८ फागुन ७ गते १५:१८
अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने कुशल भुर्तेल तेस्रो नेपाली खेलाडी

७ फागुन २०७८ काठमाडौं । कुशल भुर्तेल ट्वेन्टी– ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली खेलाडी भएका छन् ।

फिलिपिन्सविरूद्ध ट्वेन्टी( ट्वेन्टी विश्वकप छनोटमा आज कुशलले एक सय चार रनको अविजत पारी खेलेका हुन ।

यसअघि नेपालबाट ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतकीय पारी खेलेका थिए । गत अप्रिलमा नेदरल्यान्ड्सविरूद्ध त्रिकोणात्मक शृंखलको फाइनलमा ७७ रन बनाउनु कुशलको ट्वेन्टी–ट्वेन्टीमा यसअघिको उच्च स्कोर थियो ।

कुशलले त्यही शृंखलाबाट ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । झन्डै १० महिनाको अवधिमा कुशलले ट्वेन्टी,ट्वेन्टी अन्तर्राष्ट्रियमा ४ अर्धशतक प्रहार गरिसकेका छन् । कुशल नेपालबाट ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धशतक बनाउनेमा पारससँगै शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्