खेलकूद

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोटमा नेपाल विजयी, फिलिपिन्स १३६ रनले पराजित

हिमालय टिभी
२०७८ फागुन ७ गते १५:१२
आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोटमा नेपाल विजयी, फिलिपिन्स १३६ रनले पराजित

७ फागुन २०७८ काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोटमा नेपालमा लगातार दोस्रो जित निकालेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको हो । दुई सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन सक्यो ।

नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११ र कपिल कुमारले ४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले १ सय ४ रनमा अविजित रहे । कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए । दिपेन्द्र सिंह ऐरीले ८३ रन जोडे ।

कुशल र दिपेन्द्रले नेपालका लागि ट्वेन्टी(ट्वेन्टी सर्वाधिक १ सय ७१ रनको साझेदारी गरे । लोकेश बम ६ रनमा अविजित रहे । कुशल मल्लले १२ रन बनाउँदा आशिफ शेख शुन्य रनमै आउट भएका थिए । फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्