खेलकूद

च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ मा लिभरपुल विजयी

हिमालय टिभी
२०७८ फागुन ५ गते ८:४०
च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ मा लिभरपुल विजयी

५ फागुन २०७८ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ मा लिभरपुल विजयी भएको छ ।

च्याम्पियन्स लीग अन्तर्गत गएराति सम्पन्न पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले इन्टर मिलानलाई २–० गोलले पराजित गरेको हो ।

इटालियन क्लब इन्टरको घरेलु मैदानमा लिभरपुलले ७५औं मिनेटमा रोबर्टो फिरमिन्होको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ८३औं मिनेटमा मोहमेद सलाहले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा मार्च ८ तारिखमा हुनेछ ।

यस्तै अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिख र अष्ट्रियाली क्लब साल्जवर्गले एक(एक गोलको बराबरी खेले । घरेलु मैदानमा साल्जवर्गका लागि २१औं मिनेटमा एडामुले शुरूवाती गोल गरेका थिए ।

तर ९०औं मिनेटमा वायर्नका किंग्सले कोमनले गोल गर्दै खेल १–१ को बराबरी गरेका थिए । त्यसपछि दुबैतर्फबाट थप गोल हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्