खेलकूद

ए डिभिजन लीग फूटबलमा आजदेखि एघारौं चरणका खेल हुँदै

हिमालय टिभी
२०७८ फागुन ३ गते ९:५१
ए डिभिजन लीग फूटबलमा आजदेखि एघारौं चरणका खेल हुँदै

३ फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आजदेखि एघारौं चरणका खेल हुँदैछन् ।

एघारौं चरणको पहिलो दिन आज पुछारका चार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यस अन्तर्गत आज जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लब तथा ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब भिड्दैछन् ।

दशौं चरणको समाप्तिमा ९ अंक मात्र जोडेको जावलाखेल एघारौं स्थनमा रहँदा ६ अंकका साथ फ्रेण्ड्स १२औं स्थानमा छ । जावलाखेल र फ्रेण्ड्सबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे शुरू हुनेछ ।

यस्तै अर्को खेलमा ब्रिगेड ब्वाइज र च्यासलबीच खेल हुनेछ । ब्रिगेड र च्यासल दुबै रेलिगेशन जोनमा रहेका टोली हुन् । दशरथ रंगशालामा खेल दिउँसो १ बजे नै शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्