खेलकूद

प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीको अपराजित यात्रा जारी

हिमालय टिभी
२०७८ फागुन १ गते ७:४८
प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीको अपराजित यात्रा जारी

१ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीको अपराजित यात्रा जारी छ ।

लीग अन्तर्गत आफ्नो पछिल्लो खेलमा शीर्ष स्थानको सिटीले नर्विच सिटीमाथि ४–० को शानदार जित निकालेको हो । अवे मैदानमा सिटीको जितमा रहिम स्टरलिङले ह्याट्रिक गरे ।

उनले ३१औं, ७०औं र ९०औं मिनेटमा गोल गरेका थिए । त्यस्तै अर्को एक गोल फिल फोडेनले गरे । जितसँगै सिटीले आफ्नो अग्रता १२ अंकले कायमै राखेको छ ।

सिटीले २५ खेलबाट ६३ अंक जोड्दा दुई खेल कम खेलेको लिभरपुल ५१ अंकसहित दोस्रो स्थानमा छ ।

लीग अन्तर्गत नै एभर्टनले लिड्स युनाइटेडलाई ३–० र ब्राइटनले वाटफोर्डलाई हरायो २–० ले हराए ।

उता म्यानचेष्टर युनाइटेड र साउथह्याम्टनले १–१ तथा क्रिष्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्