खेलकूद

चार देशीय टी–२० क्रिकेट : युएईसँग नेपाल २५ रनले पराजित

हिमालय टिभी
२०७८ माघ २९ गते १५:२५
चार देशीय टी–२० क्रिकेट : युएईसँग नेपाल २५ रनले पराजित

२९ माघ २०७८ काठमाडौं । चार राष्ट्र सहभागी ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग २५ रनले पराजित भएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन बनाए । डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे । बमले दुई चौका र दुई छक्का हिर्काए ।

आसिफ शेखले ३४ ज्ञानेन्द्र मल्लले २२, आरिफ शेखले ११ र शरद भेषावकले १० रन बनाए । यूएईका रोहन मुस्तफा र कासिफ दाउदले दुई–दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन जोड्यो ।

युएईका लागि चिराग सुरीले अविजित ८४ रन बनाए । रोहन मुस्ताफाले ४९, मोहमद वासिमले २२ र मोहमद बुटाले १४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।

नेपालले हिजो ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आजै ओमान र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्