खेलकूद

ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदै

हिमालय टिभी
२०७८ माघ २९ गते ७:५९
ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदै

२९ माघ २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदैछन् ।

दशौं चरण अन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । पुलिस १० अंकसहित १०औं स्थानमा रहँदा सातदोबाटो १२ अंकका साथ सातौ स्थानमा छ । खेल दिउँसो एक बजे शुरू हुनेछ ।

यस्तै अर्को खेलमा मछिन्द्र क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । २३ अंक जोडेको मछिन्द्र शीर्ष स्थानमा कायमै छ ।

उता ५ अंक मात्र रहेको च्यासल तालिकाको पुछारमा रहेको टोली हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

आजै हुने तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब आमनेसामने हुनेछन् । मनाङ १९ अंकसहित दोस्रो र थ्री स्टार १६ अंक जोड्दै चौथो स्थानमा छन् । दशरथ रंगशालामै खेल दिउँसो पौने पाँच बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्