खेलकूद

फिफा क्लब विश्वकप उपाधिका लागि चेल्सी र पाल्मिरस भिड्ने

हिमालय टिभी
२०७८ माघ २७ गते ८:०२
फिफा क्लब विश्वकप उपाधिका लागि चेल्सी र पाल्मिरस भिड्ने

२७ माघ २०७८ काठमाडौं । फिफा क्लब विश्वकप फुटबलको उपाधिका लागि चेल्सी र पाल्मिरस भिड्ने भएका छन् ।

दोस्रो सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालमाथि १–० को जित निकाल्दै इंग्लिस क्लब चेल्सीले पाल्मिरससँगको भिडन्त पक्का पारेको छ । चेल्सीको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे ।

उनले ३२ औं मिनेटमा गोल गरेका थिए । पहिलो सेमिफाइनलमा ब्राजिलियन क्लब पाल्मिरसले इजिप्टको अल अह्लीलाई २–० गोलले हराएको थियो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्