खेलकूद

ए डिभिजन लीग फूटबलमा पुलिस क्लब विजयी, च्यासल २–१ गोल अन्तरले पराजित

हिमालय टिभी
२०७८ माघ २६ गते १५:४५
ए डिभिजन लीग फूटबलमा पुलिस क्लब विजयी, च्यासल २–१ गोल अन्तरले पराजित

२६ माघ २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लीगको नवौं चरणको अन्तिम खेलमा पुलिसलाई जित दिलाउन रविशंकर पासवानले दुई गोल गरे । च्यासलका मौसा अबागानाले एक गोल फर्काए ।

आजको जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा छ ।

कोरोना संक्रमणका कारण माघ २ गतेका लागि तय यी दुई क्लबबीचको खेल स्थगित भएको थियो । च्यासलका १९ जना खेलाडीमा कोभिड(१९ को संक्रमण देखिएको थियो ।

यसअघि शनिबार हुने तय भएको खेल वर्षाका कारण मैदान बिग्रिएका कारण हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्