खेलकूद
प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो
२०७८ माघ २६ गते ७:१४
२६ माघ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
लीग अन्तर्गत आफ्नो पछिल्लो खेलमा युनाइटेडले रेलिगेशन जोनको बर्नलेसँग १–१ गोलको बराबरी खेलेको हो ।
बर्नलेको मैदान टर्फ मुरमा युनाइटेडले १८औं मिनेटमै पउल पोग्बाको गोलसँगै अग्रता लिएपनि त्यसलाई पछिसम्म जोगाउन सकेन । ४७औं मिनेटमा बर्नलेका रोड्रिगुएजले गोल गर्दै खेल बराबरी गरे ।
त्यसपछि खेलमा दुबैतर्फबाट थप गोल हुन सकेन । २३ खेलबाट ३९ अंकसहित युनाइटेड तालिकाको पाँचौ स्थानमा रहँदा २० खेल खेलेको बर्नले १४ अंक जोड्दै तालिकाको पुछारमा छ ।
लिग अन्तर्गत नै वेष्टह्याम युनाइटेडले वाटफोर्डमाथि १–० र न्यूक्यासल युनाइटेडले एभर्टनमाथि ३१ को जित निकाले ।
प्रतिक्रिया