खेलकूद

अफ्रिका कप फुटबलको उपाधिका लागि इजिप्ट र सेनेगल भिड्ने

हिमालय टिभी
२०७८ माघ २१ गते ८:५२
अफ्रिका कप फुटबलको उपाधिका लागि इजिप्ट र सेनेगल भिड्ने

२१ माघ २०७८ काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलको उपाधिका लागि इजिप्ट र सेनेगलबीच प्रतिस्पर्धा हुने भएको छ ।

दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्टले सेनेगलसँगको उपाधि भिडन्त पक्का पारेको हो ।

निर्धारित र त्यसपछि थपिएको अतिरिक्त समयमा पनि खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीमा इजिप्टका गोलकीपर गाबास्कीले दुईवटा प्रहारको उत्कृष्ट बचाउ गरेका थिए भने क्यामरुनका एक जनाको प्रहार गोलपोष्ट भन्दा बाहिर गएको थियो ।

यसअघि पहिलो सेमिफाइनलमा बुर्किना फासोमाथि ३१ को जित निकाल्दै सेनेगल फाइनल पुगेको थियो । फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्