खेलकूद

मरिससविरुद्धको मैत्रीपूर्ण फूटबलमा नेपाल १–० गोल अन्तरले विजयी

हिमालय टिभी
२०७८ माघ १८ गते १९:५७
मरिससविरुद्धको मैत्रीपूर्ण फूटबलमा नेपाल १–० गोल अन्तरले विजयी

१८ माघ २०७८ काठमाडौं । मिडफिल्डर सुजल श्रेष्ठले खेलको सुरुवातमै गरेको एक मात्र गोलको मद्दतमा नेपालले तनावपूर्ण खेलमा मोरिससविरुद्ध जित निकालेको छ ।

दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलको १० औं मिनेटमै सुजलले गोल गर्दा नेपाल १–० गोलले विजयी भएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको सुरुवातदेखि दुवै टोली आक्रमक देखियो । तर १० औं मिनेटमा सुजलले नेपाललाई अग्रत दिलाए ।

नविन गुरुङले प्रहार गरेको कर्नर गोलरक्षक लोइक मिचेलले पञ्च गरेर बचाए । रिबाउण्डमा आएको बल आशिष लामाले प्रहार गर्दा पुजन उपरकोटीको ब्याकहिल पासलाई सुजलले सुन्दर गोल गरे । लगतै १२ औं मिनेटमा मोरिससले बराबरी गर्ने राम्रो मौका गुमायो ।

नेपाली खेलाडीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि पाएको पेनाल्टी कप्तान एन्डी सोफीले प्रहार गरेका थिए तर नेपाली गोलरक्षक तथा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । त्यसपछि पनि पहिलो हाफमा दुवैले पाएका केहि मौका सदुपयोग गर्न सकेन् ।

तनावपूर्ण बनेको खेलको दोस्रो हाफमा रेफ्रि नविन्द्र महर्जन ४ वटा रातो कार्ड देखाए । ७१ औं मिनेटमा नेपालका पुजन उपरकोटी र मौरिससका एड्रियन बोट्लर दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो ।

त्यसक्रममा नेपालका सहायक प्रशिक्षक बिकास मल्लले पनि रातो कार्ड पाए । ७९ औं मिनेटमा मौरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठमाथि खराव ट्याकल गरेपछि रेफ्री इमानुयल फुलचुन्ड दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

१ खेलाडी कम रहेको पाहुना टोलीविरुछ पाएका केहि मौका नेपालले सदुपयोग गर्न सकेन । थप गरिएको समय खराब प्रकाशका कारण करिब ८ मिनेट रोकिएर पुन संचालन भएको खेलमा दुवैले कुनै गोल गर्न सकेन् ।

यो जितसँगै नेपालले दुई खेलको मैत्रीपूर्ण क्लिन स्विप गरेको छ । अफ्रिकी टोलीविरुद्धको पहिलो खेलमा नेपाल १० गोललेनै विजयी भएको थियो । करिब २ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमल घर्तीमगरले गरेको गोलमा नेपालले पहिलो खेल जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्