खेलकूद

इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७८ माघ १७ गते ८:५४
इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल प्रवेश

१७ माघ २०७८ काठमाडौं । इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा २–१ ले हराउंदै हराउँदै इजिप्ट अन्तिम चारमा पुगेको हो । इजिप्टले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई १–१ गोलको बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १०० औं मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गर्दै इजिप्टलाई २–१ को जित दिलाए । इजिप्टले अब सेमिफाइनलमा आयोजक क्यामरुनसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्