खेलकूद

अष्ट्रेलियन ओपन टेनिसको पुरूष एकलतर्फको फाइनल आज

हिमालय टिभी
२०७८ माघ १६ गते ९:२७
अष्ट्रेलियन ओपन टेनिसको पुरूष एकलतर्फको फाइनल आज

१६ माघ २०७८ अष्ट्रेलिया । अष्ट्रेलियन ओपन टेनिसको पुरूष एकलतर्फको फाइनल खेल आज हुँदैछ ।

अष्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न पार्कमा उपाधिका लागि आज पाँचौ वरियताका राफायल नाडाल र दोस्रो वरियताका डानिल मेदभेदेभले प्रतिस्पर्धा गर्दैछन् ।

स्पेनिस खेलाडी नाडालले सेमिफाइनलमा इटालीका माट्टिओ बेरिट्टिनीलाई ३(१ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का पारेका हुन् ।

उता रुसी खेलाडी मेदभेदेभले भने सेमिफाइनलमा चौथो वरियताका ग्रीसका स्टेफानोस सिट्सिपासमाथि ३(१ को सेटमा नै जित निकालेका थिए । नाडाल आज कीर्तिमानी २१ औं पटक ग्राण्डसलाम उचाल्ने लक्ष्यमा हुनेछन् ।

अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेरर र नाडालले समान २० पटक ग्राण्डसलाम उपाधि जितेका छन् । उता मेदेभेदेभ लगातार दोस्रो ग्राण्डसलाम जित्ने दाउमा हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्