Political Hightlights

सत्ता गठबन्धन स्थानीय तहको चुनावबाट भाग्न खोजेको बस्नेतको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १४ गते १६:११
सत्ता गठबन्धन स्थानीय तहको चुनावबाट भाग्न खोजेको बस्नेतको आरोप (भिडियो रिपोर्टसहित)

१४ माघ २०७८ काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको निर्वाचनबाट सत्ता गठबन्धन भाग्न खोजेको आरोप लगाउनु भएको छ ।

चितवनमा आयोजित पत्रकार भेटघाटमा नेता बस्नेतले निर्धारित समयमै निर्वाचन गर्नुपर्ने बताउनुभयो । नेता बस्नेतले वैशाखमा निर्वाचन नभएको खण्डमा एमालेले आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

गठबन्धनभित्र विचलन देखिन थालेको भन्दै नेता बस्नेतले माधवकुमार नेपाल र प्रचण्ड हारको डरले निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्