Political Hightlights
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने
२०७८ माघ १४ गते ७:२५
![कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने](https://www.himalayatv.com/wp-content/uploads/2021/12/congress.jpg)
१४ माघ २०७८ काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
उहाँका अनुसार बैठक भर्चुअल माध्यमबाट बस्नेछ । बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
सभापति शेरबहादुर देउवा निकट नेताहरूका अनुसार १४ औँ महाधिवेशनमा सघाएका नेतालाई केन्द्रीय समितिमा ल्याउन तयारी सभापतिको छ ।
आजको केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय तथा सङ्घीय चुनावका बारेमा पनि छलफल हुने र पार्टीको आधिकारिक धारणा बनाउने बारेमा पनि कुराकानी हुने नेताहरूले बताएका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
प्रतिक्रिया