Political Hightlights

खर्च जोगाउन एकैपटक तीनै तहको निर्वाचनः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १२ गते १६:१६
खर्च जोगाउन एकैपटक तीनै तहको निर्वाचनः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१२ माघ २०७८ काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले खर्च जोगाउन तीनै तहको निर्वाचन एकैपल्ट गर्न प्रस्ताव गरेको बताउनुभएको छ ।

पार्टी कार्यालय शान्तिनगरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले स्थानीय तह, प्रदेश र संघको निर्वाचन एकै पटक गर्दा १० अर्ब रुपैयाँमै सकिने बताउनुभयो । उहाँले यही अनुसार छलफल चलाइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले संविधानलाई सर्वोपरि राखेर कानून बमोजिम नै निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनले जित्ने दाबीसमेत गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको निर्वाचनमा पनि तरंग पैदा गर्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्