खेलकूद
आहा ! रारा गोल्डकपमा आज थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दै
२०७८ माघ ११ गते ७:१९
११ माघ २०७८ पोखरा । पोखरामा जारी आहा ! रारा गोल्डकप फूटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ ।
सेमिफाइनल प्रवेशका लागि आज थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
आजको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ नेपाल पुलिस क्लबलाई २० ले हराउँदै अन्तिम चारमा पुगेको टोली हो ।
थ्री स्टार र आर्मी भने सोझै क्वाटरफाइनल पुगेका हुन् । पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे शुरू हुनेछ ।
प्रतिक्रिया