ला लिगा फूटबलको शीर्षस्थानमा रहेको रियल मड्रिड इल्चेसँग बराबरीमा रोकियो

१० माघ २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा रियल मड्रिडले इल्चेसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर रियलले बराबरी खेलेको हो ।
खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टी गोल गर्न नसक्दा रियल अग्रता बनाउन चुकेको थियो । तर, खेलको ४२ औं मिनेटमा लुकास बोएले गोल गर्दै इल्चेलाई १–० को अग्रता दिलाए ।
खेलको ७६ औं मिनेटमा पेरे मिल्लाले गोल गर्दै इल्चेलाई २–० को अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई २–२ गोलको स्थितिमा ल्याउदै हारबाट जोगाए।
बराबरीसँगै २२ खेलमा ५० अंक जोडेको रियल शीर्ष स्थानमा यथावत छ । इल्चे २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया