खेलकूद

प्रिमियर लीग फूटबलमा लिभरपुल र चेल्सी विजयी

हिमालय टिभी
२०७८ माघ १० गते ८:१२
प्रिमियर लीग फूटबलमा लिभरपुल र चेल्सी विजयी

१० माघ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल र चेल्सी विजयी भएका छन् ।

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ ले हराएको हो । क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन भिर्गिल भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्होले एक एक गोल गरे क्रिस्टल प्यालेसका लागि ओड्सोने इडवार्डले एक गोल फर्काए ।

जितसँगै २२ खेलमा ४८ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले टोटेनहमलाई २–० हराएको छ ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र थियागो सिल्भाले एक एक गोल गरे । जितसँगै २४ खेलमा ४७ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । टोटेनह्याम ३६ अंकका साथ सातौं स्थानमा रहेको छ ।

गएरातिको अर्को खेलमा आर्सनलले घरेलु मैदानमा रेलिगेसन क्षेत्रको बर्नलीसँग गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै २१ खेलमा ३६ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्