खेलकूद
आहा ! रारा गोल्डकपमा आज संकटा र मछिन्द्र भिड्दै
२०७८ माघ १० गते ७:५५

१० माघ २०७८ पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फूटबल प्रतियोगितामा आज एक खेल हुँदैछ।
पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलको खेलमा साविक विजेता संकटा र मछिन्द्र फूटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ः३० बजे शुरु हुनेछ।
दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । आजको खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।
पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ ले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा एक विदेशी सहित १० टिमको सहभागिता रहेको छ ।
प्रतिक्रिया