खेलकूद

मैत्रीपूर्ण फूटबल खेल्न मरिससको टोली भोलि नेपाल आउँदै

हिमालय टिभी
२०७८ माघ ९ गते १९:११
मैत्रीपूर्ण फूटबल खेल्न मरिससको टोली भोलि नेपाल आउँदै

९ माघ २०७८ काठमाडौं । नेपाली टोलीसँगको दुई मैत्रीपूर्ण फूटबलका लागि अफ्रिकी राष्ट्र मरिसस फूटबल टोली भोलि नेपाल आइपुग्ने भएको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले मरिससको राष्ट्रि टोली भोलि बिहान सवा ११ बजे नेपाल आउने जानकारी दिएको हो । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मरिसससँग दुई खेल खेल्नेछ ।

खेलका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपालले त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

त्यस्तै नेपालले सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेलेयता मरिसससँग पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो । फिफाको आधिकारिक मान्यता पाएको खेलमा मरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्धन्दी हो ।

फिफाको पछिल्लो वरियतामा नेपाल १ सय ६९ औं स्थानमा छ भने मरिसस नेपाल भन्दा ३ स्थान तल १ सय ७२ औं स्थानमा छ । सन् २०१९ को मार्चमा न्यु क्यालेडोनियालाई ३९१ ले हराएयता मरिसस जितविहीन छ ।

यसैबीच, एन्फाले राष्ट्रिय महिला लिग स्थगित भएको गरेको छ । यसै साता हुने भनिएको लीग कोरोना महामारीका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।

यही १५ गतेदेखि हुने तय भएको लीगमा विभागीय ३ र ५ स्थानीय तहसहित ८ टोली खेल्ने तय भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्