एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश
![एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश](https://www.himalayatv.com/wp-content/uploads/2022/01/aha-rara-goldcup-1.jpg)
८ माघ २०७८ पोखरा । नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको पहिलो क्वाटरफाइनलमा भुटानी युथ स्पोर्टस् क्लब बीवाईएससी मिनेसोटा यूएसएलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
रवि थिङ नायक बनेपछि एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो । खेलको ४७ औं मिनेटमा राइलीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाईएससीलाई अग्रता दिलाए ।
७० औं मिनेटमा आवाश लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई ११ गोलको बराबरीमा फर्काए ।
खेलको ८४ औं मिनेटमा सब्सिच्युड खेलाडी रवीले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए। खेलको इन्जुरी समयमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए । अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।
यस अघि एपीएफले पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । बीवाइएसीले भने सोझै क्वाटरफाइनल खेलेको हो ।
प्रतिक्रिया