खेलकूद

काराबाओ कप फूटबलको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने

हिमालय टिभी
२०७८ माघ ७ गते ७:४७
काराबाओ कप फूटबलको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने

७ माघ २०७८ काठमाडौं । काराबाओ कप फुटबलको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने भएका छन् ।

आर्सनललाई हराउँदै लिभरपुलले फाइनलमा चेल्सीसँगको भिडन्त पक्का पारेको हो । सेमिफाइनलको दोस्रो लेगमा गएराति आर्सनलमाथि २–० को जित निकाल्दै समग्रमा २–० नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो ।

अवे मैदान इमिरेट्स रंगशालामा लिभरपुलको जितमा दुबै गोल डिएगो जोटाले गरेका थिए । उनले १९औं र ७७औं मिनेटमा गरी दुई गोल गरेका थिए ।

यसअघि लिभरपुलको घरेलु मैदान एनफिल्डमा पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

उता चेल्सी भने टोटेनह्याममाथि समग्रमा ३–० को नतिजासहित फाइनलमा पुगेको थियो । फाइनल फेब्रुअरी २७ तारिखमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्