खेलकूद
नाइजेरिया र इजिप्ट अफ्रिका कप अफ नेशन्स फूटबलको अन्तिम १६ मा प्रवेश
२०७८ माघ ६ गते ८:०९
६ माघ २०७८ काठमाडौं । नाइजेरिया र इजिप्ट अफ्रिका कप अफ नेशन्स फूटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
समूह डी को खेलमा गुएना बिसुमाथि २–० को जित निकाल्दै नाइजेरिया समूह विजेताकोरुपमा अन्तिम १६ मा पुगेको हो ।
नाइजेरियाको जितमा उमर साडिक र कप्तान विलियमले एक(एक गोल गरे । शीर्ष स्थानको नाइजेरियाले अपराजित रहँदै ३ खेलबाट ९ अंक जोड्यो ।
उता यही समूहबाट सुडानलाई १–० ले हराएको इजिप्टले पनि अन्तिम १६ मा स्थान बनायो ।
इजिप्टका लागि ३५औं मिनेटमा मोहमेद एब्डेलमोनेमको गोल नै निर्णायक रह्यो । इजिप्टले तीन खेलबाट ६ अंक जोड्यो ।
प्रतिक्रिया