खेलकूद
प्रिमियर लीग फूटबलमा चेल्सी बराबरीमा रोकियो
२०७८ माघ ५ गते ७:२७
५ माघ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
प्रिमियर लीगको पछिल्लो खेलमा चेल्सी र ब्राइटनले १–१ गोलको बराबरी खेलेका हुन् । अवे मैदानमा चेल्सीले २८औं मिनेटमा हाकिम जियचको गोलबाट अग्रता लिएको थियो । तर ६०औं मिनेटमा ब्राइटनका आदम बेवष्टरले बराबरी गोल फर्काए ।
त्यसपछि खेलमा थप गोल हुन सकेन । बराबरीसँगै चेल्सीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
तेस्रो स्थानको चेल्सीले २३ खेलबाट ४४ अंक जोड्दा २१ खेल खेलेको ब्राइटनको २९ अंक छ ।
प्रतिक्रिया