खेलकूद

फिफा २०२१ को वर्ष खेलाडी पोल्याण्डका लेवान्डोस्की घोषित

हिमालय टिभी
२०७८ माघ ४ गते ९:५५
फिफा २०२१ को वर्ष खेलाडी पोल्याण्डका लेवान्डोस्की घोषित

४ माघ २०७८ काठमाडौं । पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्की, २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडी घोषित हुनुभएको छ ।

वायर्न म्युनिकका स्ट्राइकर समेत रहेका लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड जित्नुभएको हो । ३३ वर्षका लेवान्डोस्कीले गत वर्ष ६९ गोल गर्नुभएको थियो ।

उहाँले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लीगमा ३४ खेलमा ४३ गोल गर्नुभएको थियो । लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पार्दै लेवान्डोस्कीले अवार्ड जित्नुभएको हो ।

म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई भने विशेष अवार्ड प्रदान गरिएको छ । रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो ।

सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गर्नुभयो भने चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड जित्नुभएको छ ।

यस्तै डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जितेको छ ।महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड जित्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्