खेलकूद
ए डिभिजन लीगमा एनआरटीसँग जावलाखेल २–० गोल अन्तरले पराजित
२०७८ माघ ३ गते १५:०३

३ माघ २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गरेको छ ।
दशरथ रंगशालामा आज भएको खेलमा एनआरटीलाई जित दिलाउन कप्तान दर्शन गुरुङले दुई गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ६८ औं र ७३ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई जित दिलाए ।
जितसँगै एनआरटीले ९ खेलमा १३ अंक जोडेको छ । एनआरटी लीगको छैटौं स्थानमा उक्लिएको छ ।
जावलाखेलले ९ खेलमा ८ अंक जोडेको छ । जावलाखेल दशौँ स्थानमा छ।
प्रतिक्रिया