खेलकूद
ए डिभिजन लीग फूटबलमा नवौँ चरणको अन्तिम खेल हुँदै
२०७८ माघ ३ गते ९:१७

३ माघ २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबलमा आज नवौँ चरणको अन्तिम लिग खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।एनआरटी र जावलाखेलबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ ।
एनआरटीले ८ खेलमा १० अङ्क जोडेर लीगको आठौँ स्थानमा रहेको छ । जावलाखेलले ८ खेलमा ८ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया