खेलकूद
अफ्रिका कप अफ नेसन्समा आइभरी कोष्ट बराबरीमा रोकियो
२०७८ माघ ३ गते ८:१२

३ माघ २०७८ काठमाडौं । अफ्रिका कप अफ नेसन्समा आइभरी कोस्ट बराबरीमा रोकिएको छ।
गएराति भएको खेलमा आइभरी कोस्ट सिएरा लियोनसँग २–२ गोलको बराबरीमा रोकिएको हो । दुई पटकको अग्रता जोगाउन नसक्दा आइभरी कोस्ट बराबरीमा रोकिएको हो ।
बराबरीसँगै आइभरी कोस्टले २ खेलमा ४ अंक जोडेको छ । समूह ई को आइभरी कोस्ट शीर्ष स्थानमा रहेको छ ।
लियोन २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अर्को खेलमा ट्युनिसियाले मौरिटानियालाई ४–० ले हराएको छ ।
प्रतिक्रिया