खेलकूद
प्रिमियर लीग फूटबलमा ब्रेन्टफोर्डविरुद्ध लिभरपुलको सहज जित
२०७८ माघ ३ गते ८:०३

३ माघ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।
गएरातिको भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० गोलले हराएको हो ।घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन फाबिन्हो, एलेक्स चाम्बरलिन र ताकुमी मिनामिनोले एक एक गोल गरे ।
जितसँगै २१ खेलमा ४५ अंक जोडेको लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ब्रेन्टफोर्ड २३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति भएको अर्को खेलमा लिड्सले वेस्ट ह्यामलाई ३ २ ले हराएको छ ।
प्रतिक्रिया