खेलकूद

ए डिभिजन लीगमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ माघ २ गते ९:५०
ए डिभिजन लीगमा आज दुई खेल हुँदै

२ माघ २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानको मछिन्द्रले ८ खेलबाट २० अंक जोडेको छ ।

मछिन्द्रको लक्ष्य आज शीर्ष स्थानमा थप अग्रता बनाउने हुनेछ । उता समान खेलबाट ६ अंक जोडेको ब्रिगेड १२ औं स्थानमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

यस्तै अर्को खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले खेल्ने छन् । पुलिस ७ अंकसहित ११ औं स्थानमा रहँदा ५ अंक जोडेको च्यासल १३औं स्थानमा छ । सोही मैदानमा खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *