खेलकूद

ए डिभिजन लीगमा त्रिभुवन आर्मीसँग फ्रेण्ड्स क्लब ३–१ गोलले पराजित

हिमालय टिभी
२०७८ माघ १ गते १५:१५
ए डिभिजन लीगमा त्रिभुवन आर्मीसँग फ्रेण्ड्स क्लब ३–१ गोलले पराजित

१ माघ २०७८ काठमाडौं । फ्रेण्ड्स क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लीग फूटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे ।

फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए । खेलको दशौँ मिनेटमा जगजितले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २–० गोलको अग्रता दिलाए । दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले एक गोल फर्कायो ।

खेलको ७१ औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३१ को जित दिलाए । आजको जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा छ । हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।

दशरथ रंगशालामा साँझ पौने पाँच बजे हुने आजको दोस्रो खेलमा थ्री स्टार र संकटा क्लब भिड्ने छन । थ्री स्टार १३ अंकका साथ पाँचौं स्थानमा रहँदा १४ अंक जोड्दै संकटा तेस्रो स्थानमा ‍छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्