खेलकूद

ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ माघ १ गते ८:३२
ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

१ माघ २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा फ्रेण्ड्स क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । फ्रेन्ड्स ८ खेलबाट मात्र ३ अंकसहित तालिकाको पुछारमा छ । जारी लीगमा फ्रेन्ड्सले एक खेल पनि जित्न सकेको छैन ।

उता ८ खेलमा १४ अंक जोडेको आर्मी चौथो स्थानमा छ । आर्मीको लक्ष्य आज तेस्रो स्थानमा उक्लने हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल खेल दिउँसो एक बजे शुरू हुनेछ ।

यस्तै अर्को खेलमा थ्री स्टार र संकटा क्लबबीच खेल हुनेछ । थ्री स्टार १३ अंकका साथ पाँचौं स्थानमा रहँदा १४ अंक जोड्दै संकटा तेस्रो स्थानमा ‍छ । सोही मैदानमा खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्