खेलकूद
मोरक्को अफ्रिका कप अफ नेशन्स फूटबलको अन्तिम १६ मा प्रवेश
२०७८ माघ १ गते ८:२८
१ माघ २०७८ काठमाडौं । मोरक्को अफ्रिका कप अफ नेशन्स फूटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह सी अन्तर्गत आफ्नो दोस्रो खेलमा कोमोरोसमाथि २–० को जित निकाल्दै मोरक्कोले अन्तिम १६ मा स्थान पक्का पारेको हो । मोरक्कोका लागि १६औ मिनेटमा सेलिम अमल्लाहले शुरुवाती गोल गरे ।
त्यसपछि उसका लागि जाकारिया अबौखलालले गोल थपेका थिए । ८३ औं मिनेटमा मोरक्कोका युसुफ नेसरीले पेनाल्टीको अवसर खेर फालेका थिए ।
लगातार दोस्रो जितसहित ६ अंक जोड्दै मोरक्को शीर्ष स्थानमा उक्लियो । कोमोरोसको यो लगातार दोस्रो हार हो । यही समूहको अर्को खेलमा गाबोन र घानाले १–१ गोलको बराबरी खेले ।
उता समूह बी मा मालावीले जिम्बाब्वेलाई २१ ले हराउँदा सेनेगल र गुएना गोलरहित बराबरीमा रोकिए ।
प्रतिक्रिया