खेलकूद
प्रिमियर लीग फूटबलमा ब्राइटन र क्रिष्टल प्यालेस बराबरीमा रोकिए
२०७८ माघ १ गते ८:२४
१ माघ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा ब्राइटन र क्रिष्टल प्यालेस बराबरीमा रोकिएका छन् ।
प्रिमियर लीगको पछिल्लो खेलमा ब्राइटन र क्रिष्टल प्यालेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । ब्राइटनको मैदानमा क्रिष्टलले ६९औं मिनेटमा कोनोर गालगेरको गोलबाट अग्रता लियो ।
तर ८९औं मिनेटमा क्रिष्टलका जाओचिम एण्डरसेनले आत्मघाती गोल गरेसँगै खेल १–१ को स्थितीमा पुग्यो । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
बराबरीपछि २० खेलबाट २८ अंकसहित ब्राइटन आठौं स्थानमा उक्लिएको छ । उता एघारौं स्थानमा उक्लिएको क्रिष्टलले २१ खेलबाट २४ अंक जोडेको छ ।
प्रतिक्रिया