खेलकूद

पराजयसँगै उपाधि होडमा मनाङलाई धक्का

हिमालय टिभी
२०७८ पुष ३० गते १९:२०
पराजयसँगै उपाधि होडमा मनाङलाई धक्का

३० पुस २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएपछि मनाङ मर्स्याङ्दी क्लबलाई उपाधि होडमा धक्का लागेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङ सातदोबाटोसँग २–१ गोल अन्तरले पराजित भएको हो । तदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक एक गोल गरे ।

मनाङका आफिज ओलावाले ओलादिपोले एक गोल फर्काए । सातदोबाटोले कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङलाई पहिलो पल्ट हराएको हो । खेलपछि मनाङका प्रशिक्षक तोपे फुजाले आफ्ना खेलाडिहरुमा कोरोना संक्रमण भएकाले सोचे जस्तो प्रदर्शन गर्न नसकेको बताए ।

आजको जितसँगै सातदोबाटोले ९ खेलमा १२ अंक जोडेको छ । सातदोबाटो लिगको छैटौं स्थानमा उक्लिएको छ । मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । सातदोबाटोसँगको हारसँगै मनाङको उपाधि होड समेत कमजोर बनेको छ ।

यसअघि आजै भएको खेलमा विभागीय टोली एपीएफले हिमालय शेर्पालाई १० गोलले पराजित गरेको छ ।

एपीएफका आभाष लामिछानेको पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल निर्णायक बन्यो । यस जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ । समान खेलबाट हिमालयन शेर्पाको ११ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्