खेलकूद

ए डिभिजन लीग फूटबलमा आजदेखि नवौं चरणका खेल हुँदै

हिमालय टिभी
२०७८ पुष ३० गते १०:०२
ए डिभिजन लीग फूटबलमा आजदेखि नवौं चरणका खेल हुँदै

३० पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबल प्रतियोगितामा आजदेखि नवौं चरणका खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज दुई खेल हुनेछन् । सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । ८ खेलमा ७ अङ्क जोडेको एपीएफ लिगको दशौँ स्थानमा छ । यस्तै समान ८ खेलबाट ११ अङ्क जोडेको हिमालयन छैटौं स्थानमा छ ।

आजै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लब अपरान्ह् पौने ५ बजे खेल्नेछन् । १९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको मनाङ् आज सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा छ । ९ अङ्क जोडेको सातदोबाटो आठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्