खेलकूद

काराबाओ कप फूटबलमा लिभरपुल र आर्सनलबीचको खोल बराबरी रोकियो

हिमालय टिभी
२०७८ पुष ३० गते ७:५४
काराबाओ कप फूटबलमा लिभरपुल र आर्सनलबीचको खोल बराबरी रोकियो

३० पुस २०७८ काठमाडौं । काराबाओ कप फूटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् ।

सेमिफाइनलको पहिलो लेगमा लिभरपुल र आर्सनलबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले दश खेलाडीमा सिमित आर्सनललाई पराजित गर्न सकेन ।

खेलको २४औं मिनेटमै आर्सनलका ग्रानिट शाकाले रेड कार्ड पाएका थिए । दोस्रो लेग आर्सनलको मैदान इमिरेट्स रंगशालामा यही २० तारिखमा हुनेछ।

यसअघि टोटेनह्याममाथि समग्रमा ३० को नतिजासहित चेल्सीले फाइनलमा स्थान सुरक्षित बनाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्